९
जेठ, काठमाडौं । गत वैशाख १२ र २९ गते आएको भूकम्पमा परी मृत्यु हुनेको
संख्या ८ हजार ६५० पुगेको छ । २२ हजार ४० जना घाइते भएका छन् । यो विवरण
शनिबार विहान १० बजेसम्मको हो ।
भूकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौं
उपत्यकामा १ हजार ७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४०८,
पश्चिम क्षेत्रमा ४५२ र मध्य पश्चिम क्षेत्रमा २ जना छन् । घाइते हुनेहरुमा
काठमाडौं उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा ७
हजार २३३, पश्चिम क्षेत्रमा १ हजार ३३२, मध्यपश्चिम क्षेत्रमा ३६ र
सुदूरपश्चिम क्षेत्रमा २ जना छन् ।
मृतक ८ हजार ६१२ जनाको शव आफन्तलाई
बुझाइसकिएको छ भने घाइतेमध्ये ५ हजार ३०७ जना विभिन्न अस्पतालमा उपचार
भैरहेको प्रहरीले जनाएको छ । यसैगरी हालसम्म २३० नेपाली र ८९ विदेशी नागरिक
बेपत्ता भएका छन् ।
No comments:
Post a Comment